काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलले पछि छविराज ओझा विरुद्धको मुद्दा जितेकी छन् । काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो । योसँगै उनीहरुबीच कानुनी रुपमा डिभोर्स समेत भएको छ । शिल्पाले छविसँग सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । अब छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्नेछ भने छविसँग हुँदा लागेको ऋणको आधा हिस्सा पनि शिल्पाले व्यहोर्नुपर्नेछ ।

छविको सम्पत्ति र ऋणको पनि सबै लेखाजोखा भैसकेको छ । छविले अदालतसमक्ष २० करोड भन्दा बढी ऋण देखाएका छन् । छविको आधा सम्पत्तीबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउनेछिन् । शिल्पासँगको तीन बर्ष पुरानो मुद्दा फैसला भएको छबिले बताए ।

अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा समेत खारेज गरिदिएको छ । जेठी श्रीमतीसँग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै अदालतले मुद्दा खारेज गरिदिएको हो । जिल्लामा मुद्दा हारेका छविराज ओझा शिल्पासँगको छलफलपछि उच्च अदालत जाने नजाने निर्णय गर्ने बताए । शिल्पाले फैसलाको समाजिक संजालबाट खुसी समेत ब्यक्त गरेकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।