डाक्टरमाथि नै एनआईसी एसिया बैंकको यस्तो छ ‘लुटधन्दा’

काठमाडौं । आएस लुइटेल पेशाले डाक्टर हुन् । माइक्रोब्लगिङ ट्विटरको बायोमा नै उनले लेखेका छन्, ‘बिरामीहरु कथा बोकेर अस्पताल आउँछन् । उनीहरुका कथा सुन्न र लेख्न मन पर्छ । नेपालको माटो सुहाउँदो डाक्टर ।’

बिरामीका कथा सुन्न र लेख्न मन पराउने उनै डाक्टर लुइटेललाई ‘बैंक पनि साथी पनि’ नाम दिएको एनआईसी एसिया बैंकले दिएको दुःख अर्थात एक प्रकारको ठगिको कथा भने हामी यस समाचारमा लेख्दैछौं ।

डाक्टर लुइटेल एनआईसी एसिया बैंकको लकर सेवा प्रयोगकर्ता हुन् । उनले लकर सेवाका लागि १५ हजार बैंकलाई दिएका छन् ।

लकर सेवाका लागि उनले जुन रकममा सम्झौता गरेका थिए । उक्त रकम बैंकले बढाइदियो । त्यसपछि लकर चलाएबापतको वार्षिक फि बढेर ४५ सय पुग्यो । डाक्टर लुइटेल लकर सेवा बन्द गर्न बैंकमा पुग्छन् । तर, बैंकले उनीमाथि फेरि ठगि गर्न रोक्दैन ।

डा. आएस लुइटेल र बैंकका सिइओ रोशन कुमार न्यौपाने

बैंकले लकर बन्द गर्ने भए ‘लकर सरेन्डर’ बापतको ५५ हजार तिर्नुस् भन्छ । त्यसो त लकर चलाए बापत उनको १५ हजार फ्रिज अवस्थामा नै छ । बैंकको यस्तो कार्यलाई उनले लुटको संज्ञा दिएका छन् । ‘कस्तो लुट हो यो ? तोइट ।’ उनले लेखेका छन् ।

बैंकबाट यसरी डाक्टर मात्र हैन, विभिन्न शिर्षकमा ठगिने गरेकाे गुनासाे छ । दुई वर्षदेखि बैंकले सर्वसाधरणलाई लाभांश वितरण नगरी बसेको पाइएको छ ।

अरूको कथा लेख्न मन पराउने डाक्टर आएसले यो कुरा लेखेपछि बाहिरिएको हो । अरुको र आफ्नै कुरा पनि लेख्न नसक्ने सर्वसाधरणहरुमाथि बैंकले यस्तै प्रकारले ‘लुटधन्दा’ चलाउने गरेको छ ।

बैंकले सबैजसो ठूला मिडियालाई विज्ञापन दिएर आफ्ना गलत कार्य बाहिर ल्याउन रोकेको छ । शक्तिको दुरुपयोग गरेर दबाब र प्रभावमा पारी राष्ट्र बैंकबाट समेत एनआईसी एसिया मुक्ति पाउने गरेको चर्चा छ ।

सम्बन्धित समाचार
कतै तपाईको पनि एनआईसी एसिया बैंकले यसरी दिमाग त भुटिरहेको छैन ?
एनआईसी एसिया बैंकः सेयर बजारका लगानीकर्तालाई पटक-पटक धोका

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।