काठमाडौं । प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दलका साथै राप्रपा पनि कोसी नाम राख्नेमा सहमति नजिक पुगेका हुन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नामका विषयमा दलहरुबीच भएको अनौपचारिक छलफलमा तीन दलले पहिचानसहितको नाम प्रस्ताव आउनु पर्ने अडान राखेका थिए ।
ठूला दल भूगोलका आधारमा कोसी राख्न सहमति नजिक पुगेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेबल गर्ने तयारी गरेको छन् ।
Comments







