काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिएका छनु । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताए ।

‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति रहेछ । सोही क्रममा मंगलबार लघुवित्तका कर्मचारी किस्ता उठाउन गएको ठाउँमा दुई जना व्यक्ति आएर कर्मचारीलाई कालोमोसो दलेर किस्ता असुल गरेको रजिस्टर र नगद सहित भागेका हुन्,’ डीएसपी रोक्का भन्छन्, ‘हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौं । ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।