काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख एक हजार ३ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।