काठमाडौं : लगातार बढेको सुनको भाउ आज बुधबार (चैत १ गते) भने स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ कायम छ ।

यता, बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार चाँदीको भाउ १३ सय रुपैयाँ कायम रहेको छ । यसअघि मंगलबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।