काठमाडौँ । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एक अदालतले चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त सजाय सुनाएको हो ।
अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको छ । सन् २०१९ मा गान्दीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा ‘किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागेको छ ।
राहुल गान्धीमाथि भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । भारतीय दण्ड संहिताको धारा ४९९ मा आपराधिक मानहानिको कसुरमा अधिकतम २ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
राहुल गान्धीलाई २ वर्ष जेल सजाय
Comments







