काठमाडौं । नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) एक तोला छापावल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो । यसअघि सुनको उच्च मूल्य चैत ५ गते एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख १० हजार ५ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।