काठमाडौँ । अघिल्लो दिनको तुलनामा बुधवार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेकाे छ । मङ्गलवार हालसम्मकै उच्च मूल्य कायम हुँदै छापावाला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ पुगेको थियो । आज ८ सय रुपैयाँले घट्दै सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँमा झरेको हो ।

यस्तै यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्दैगर्दा यता चाँदीको मूल्य स्थिर रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।