विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।