काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ लाख १० जहार २ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।