एसीसी प्रिमिअर कप: नेपाल च्याम्पियन, अब भारत पाकिस्तानसँग खेल्ने

गुलशन झाको आक्रामक ब्याटिङको मद्दतले नेपालले एसीसी प्रिमिअर कपको फाइनलमा प्रतिद्वन्द्वी यूएईलाई सात विकेटले पराजित गरेको छ।

कीर्तिपुर क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको सामान्य लक्ष्यको चुनौतीलाई नेपालले ३० ओभर ३ बलमा ३ जना खेलाडी गुमाउँदै पूरा गरेको हो।

यो उपाधिसँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपको लागि छानिएको छ। याे सँगै नेपालले एसिया कपमा भारत, पाकिस्तान लगायतका देशसँग खेल्नेछ ।

नेपालले डेढ महिनाको बीचमा यूएईलाई दोस्रो पटक महत्त्वपूर्ण खेलमा पराजित गरेको हो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।