गुलशन झाको आक्रामक ब्याटिङको मद्दतले नेपालले एसीसी प्रिमिअर कपको फाइनलमा प्रतिद्वन्द्वी यूएईलाई सात विकेटले पराजित गरेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको सामान्य लक्ष्यको चुनौतीलाई नेपालले ३० ओभर ३ बलमा ३ जना खेलाडी गुमाउँदै पूरा गरेको हो।
यो उपाधिसँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपको लागि छानिएको छ। याे सँगै नेपालले एसिया कपमा भारत, पाकिस्तान लगायतका देशसँग खेल्नेछ ।
नेपालले डेढ महिनाको बीचमा यूएईलाई दोस्रो पटक महत्त्वपूर्ण खेलमा पराजित गरेको हो।