धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् ।

यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएका उनले जानकारी दिइन् । ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्‍ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।