काठमाडौं । निर्वाचन अगाडी नै अस्पताल भर्ना भई निधन भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार अन्त्येष्टि गरिने भएको छ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई भोलि पाटन अस्पतालमा लगेर पोष्टमर्टम गरी बिहान १० बजे अन्त्येष्टि गरिने उनले जानकारी दिए। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनले बताए।

घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो। अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए। सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।