काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आफूलाई संसद् बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् । सांसद् सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएपछि उनले कपाडा लगाएका थिए । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।
‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन । यो बाहेक मेरो विकल्प थिएन‚’ संसद् बैठकबाट बाहिरिएपछि उनले भने । सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।
Comments








