यस्तो छ पूर्वगृहमन्त्री खाणको हिरासत बसाई, भेट्न आउँदैनन नेता

काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण अहिले जिल्ला प्रहरी परिसर, टेकुमा हिरासतमा छन् ।

अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको छ। कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेको पाइएको छ ।

परिसरले स्वास्थ्य सम्बन्धी समस्याका कारण विशेष व्यवस्था गर्न म्याद थप हुँदा आदेश भएको बताएकाले अलग्गै राखिएको जनाएको छ । हिरासतमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरु भएकाले एकैठाउँमा सबैलाई राख्नु उपयुक्त प्रहरीको भनाई छ ।

खाणलाई भेट्न नेताहरु भने नआएको समेत पाइएको छ । खाँणलाई हालसम्म भेट्न परिवारका सदस्य र शुभेच्छुकहरु मात्र आएका छन् । प्रहरी स्रोतका अनुसार प्रदेशका एक जना सांसद् मात्र अहिलेसम्म आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।