काठमाडौं । अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकर एक ठाउँमा देखिएका छन् । पछिल्लो समय उनीहरुबीच दाम्पत्य जीवनमा संकट आएको हल्ला चल्दै आएको छ । गत वर्ष भदौ २८ गते निशाले शरदविरुद्ध अंशबण्डाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेपछि यी दुईबीच दरार आएको अनुमान गरिएको थियो ।

निशाले दायर गरेको उक्त मुद्दामा अदालतले सुनुवाइ गर्दै शरदको अंशको फाँटवारी पेश गर्न आदेश दिएको थियो । यसबारे निशाले अनलाइनखबरसँग प्रतिक्रिया दिंदै यसलाई व्यक्तिगत मामिला भएको बताएकी थिइन् । मुद्दा मामिलाको यो माहोलबीच शरद र निशा छोरा युवानको पाँचौं जन्मदिन मनाउन बुधबार एकसाथ देखिए ।

उनीहरुले सामाजिक सञ्जालमा छोराको जन्मदिन मनाउँदै गर्दाको संयुक्त तस्वीर सेयर गरेका छन् । निशाले लामो समयपछि शरदसँगको तस्वीर सेयर गरेको देख्न सकिन्छ । तस्वीरमा यी दुवै प्रफुल्ल देखिन्छन् । निशाले यो पारिवारिक तस्वीर सेयर गरेर आफूहरु हार्दिकता र एकता रहेको सन्देश दिन खोजेकी छन् । २०७५ सालमा निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । २०७४ सालमा निशा र शरदबीच विवाह भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।