जनकपुरधाम । जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ । शनिबार बिहान ८:३५ बजेको बुद्ध एयरको उडान नम्बर-५०२, ९एन-एजेएल विमानको उडान स्थगित भएको हो ।

जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए । ‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे । हवाई सुरक्षाको दृष्टिकोणले यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ,’ ती कर्मचारीले भने, ‘मुसो त फेला परेको छैन ।’ बुद्ध एयरले एक सूचना जारी गर्दै जनकपुरमा यात्रु लिन अर्को जहाज पठाइएको बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।