भारतको संसदमा नेपालको कपिलवस्तु र लम्बिनी समावेश नक्सा

काठमाडौं १६ जेठ । भारतले नेपालको भूमि समेत समेटेर मुरल नक्सा सार्वजनिक गरेको छ । भारतीय संसदको नयाँ भवन उद्घाटन क्रममा देखिएको मुरल नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीपनि देखिएको छ ।

भारतका भाजपा सांसद मनोज कोडाकले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा कपिल्वस्तु र लुम्बिनी पनि समावेश भएको देख्न सकिन्छ । यो मुरलको माथिल्लो भागमा नेपालका कपिलवस्तु, लुम्बिनीजस्ता ठाउँहरु स्पष्ट समावेश गरिएको देख्न सकिन्छ ।

यो तस्वीरमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘नयाँ संसदमा अखण्ड भारत । यसले हाम्रो शक्तिशाली र स्वनिर्भर भारतको प्रकटीकरण गर्छ । धन्यवाद प्रधानमन्त्री मोदी । मेरो संसद, मेरो गौरव ।’

प्रधानमन्त्री प्रचण्डको दुई दिनपछि हुने नयाँ दिल्ली भ्रमणको मुखमा यस्तो विषय सार्वजनिक आएको हो । भारतमा नेपालको भूमी समेत समेटेर नक्सा सार्वजनिक भएपछि नेपालमा भने चर्को विरोध सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उक्त विषय सच्याउन लगाउनुपर्ने बताएका छन् । चौतर्फी विरोध भइरहेको बेला वनमन्त्री शक्ति बस्नेतले उक्त विषय सरकारको नोटिसमा रहेको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।