काठमाडौं । बाबुराम भट्टराईलाईलाई बाहिरै राखेर आज माजवादी मोर्चाको घोषणा हुँदैछ । सरकारमा रहेका तीन दल र सरकारबाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चाको घोषणा हुन लागेको हो। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा हुनेछ ।
यो मोर्चाका लागि लामो समयदेखि छलफलरत नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भने बाहिरै राख्ने लगभग निश्चित छ । उपेन्द्र यादवका कारण बाबुराम बाहिरिन पुगेको जनाइन्छ । बाबुराम मोर्चामा सहभागी भए आफू नरहने यादवको धम्कीपछि नेसपा बाहिरिने अवस्थामा पुगेको बताइन्छ । चार पार्टी मिलेर बन्ने समाजवादी मोर्चा तेस्रो निर्णायक शक्ति बन्नेछ । मोर्चामा सामेल हुने माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र नेकपा एसको १० सिट छ ।