महाकालीमा पानीको बहाव बढ्यो, सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेको छ । महाकालीस्थित शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।

मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ । बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको हो । महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।