काठमाडौं, २ साउन । मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ । सोमबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
Comments







