कालाेपत्रे गरिएकाे राजमार्गकाे याे हालत

काठमाडाैं । याे तस्बीरमा देखिएकाे राजमार्ग हाे, अनि पिच भएकाे सडक पनि हाे । तर, पिच भएकाे भन्दा पत्याउने स्थिति छैन ।

गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास सिमलटारी सडकखण्डकाे अवस्था हाे याे ।

सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर, अवस्थामा तस्वीरमा देखिएकाे जस्तै छ । राजमार्गकाे याे अवस्था भने सहायक सडक विस्तारको क्रममा लापरबाही गरिँदा यस्ताे बन्न पुगेकाे हाे । सहायक सडक विस्तारको क्रममा फालिएको ढुंगा माटोले कालोपत्रे सडक घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य बन्ने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।