काठमाडौं । नेपाल अवैध धनको संरक्षण र ओसारपसार गर्ने मुलुकहरुको सूचीमा पर्ने जोखिम तत्कालका लागि टरेको छ । सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स ०एफएटीएफ०ले नेपाललाई तत्कालका लागि जोखिमपूर्ण सूची९ग्रे लिष्ट०मा राख्ने सम्भावना टरेको हो ।

नेपाली टोलीले कानूनी र संरचनागत सुधारको प्रतिवद्धता जनाएपछि एफएटीएफले म्याद थपेको हो । क्यानडाको भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारणसभाले प्रतिवद्धता कार्यान्वयनका लागि करिव एक वर्षको समय दिएको हो ।

नेपालमाथिको आरोप प्रतिवादका लागि विभिन्न सरोकारवाला निकायहरुका प्रतिनिधित्व हुनेगरी ३० जनाभन्दा बढीको टोली क्यानडा पुगेको थियो । उनीहरुले सम्पत्ति शुद्धीकरण र गैरकानूनी सम्पत्तिको कारोवार नियन्त्रणका लागि प्रतिबद्धता जनाएपछि एफएटीएफले केही समय दिएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।