Tuesday, October 13, 2026
18.7 C
Kathmandu
Home राजनीति खाणलाई निलम्बन गरौं : गगन थापा

खाणलाई निलम्बन गरौं : गगन थापा

काठमाडौं ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेता बालकृष्ण खाणलाई निलम्बन गर्न माग गरेका छन् । सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा बुझाउँदै उनले यस्तो माग गरेका हुन् ।

सोमबारको केन्द्रीय समितिमा थापाले सभापति देउवालाई लिखित मत भन्दै १३ बुँदे धारणा बुझाएका थिए। महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीबाट निलम्बन गर्न माग गरे । केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाण संगठित अपराध अभियोगमा केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्।

खाणलाई निलम्बन गर्ने कि नगर्नेमा केन्द्रीय समिति सदस्यहरूको मत बाझिएको छ। सभापति देउवा पक्षका नेताहरू अदालतको निर्णय पर्खेर मात्रै खाणबारे निर्णय गर्ने पक्षमा देखिएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।