काठमाडौं १८ साउन । सुनको भाउ बुधबार तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख १३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १४ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९४६.६ डलरमा र चाँदी प्रतिऔंस २४.३२ डलरमा कारोबार भइरहेको छ ।
नेपालमा मुख्यतयः अन्तर्राष्ट्रिय बजारमा कायम हुने भाउकै आधारमा मूल्य निर्धारण हुने गर्छ । नेपाल लगायत विश्वभर सुनलाई लगानीको सुरक्षित क्षेत्र मानिन्छ । लगानीका अरु क्षेत्रमा उतारचढाव आउँदा व्यवसायीहरु यसतर्फ आकर्षित हुने गर्छन् ।