Saturday, August 22, 2026
21.1 C
Kathmandu
Home समाचार रवि लामिछानेको ‘फ्री बस’ भाडामा, भाडा मासिक एक लाख ३० हजार रुपैयाँ

रवि लामिछानेको ‘फ्री बस’ भाडामा, भाडा मासिक एक लाख ३० हजार रुपैयाँ

काठमाडौं १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क बस सेवा सुरु गरेको बस भाडामा लिएको पाइएको छ ।

बस मासिक एक लाख ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा लिइएको हो। लामिछानेले भने बस कसको हो र मासिक कति भाडा तिर्ने गरी ल्याएको भन्नेबारे खुलाएका छैनन् ।
समाजमा भएका स्रोतहरू, मान्छे, संघ, संस्था, डोनरहरूलाई परिचालन गरेर, शुभचिन्तकहरूको साथ लिएर बस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ।

‘कुनै पनि चिज मान्छेले खल्तीबाट गर्ने कुरा होइन। व्यवस्थापन गर्ने कुरा हो। त्यसलाई हामी कहाँबाट कसरी गरियो भन्ने कुरा सार्वजनिक पनि गर्छौं,’ उनले भने।

पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर बसको सेवा सुरू गरिएको छ। बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुने लामिछानेले बताए। कार्डमार्फत् बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ। महिलाहरूलाई दिइएको कार्डमा लामिछानेले नमस्कार गरेको तस्बिर अंकित छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।