काठमाडौं १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विभागको सदस्य बन्न स्नातकोत्तर पास गरेको हुनुपर्ने भएको छ । पार्टीले विभागीय सदस्यका लागि योग्यता निर्धारण गरेको छ । केन्द्रदेखि पालिकास्तरीयका विभाग सदस्यका लागि तीनवटा योग्याता तोकिएको छ ।

केन्द्रीय विभागको सदस्य हुन कुनै पनि विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने योग्यता तोकिएको छ । यस्तै कुनै विषयमा १० वर्षको अनुभव भएको वा असाधारण सफलता पाएको हुनुपर्ने योग्यता तोकिएको छ ।

यस्तै प्रदेश विभाग सदस्यका लागि स्नताक, ५ वर्षको अनुभव वा असाधारण सफलता भएको हुनुपर्ने तोकिएको छ । यस्तै पालिका विभाग सदस्यका लागि प्लस टु पास, २ वर्षको अनुभव वा असाधारण सफलता पाएको हुनुपर्नेछ । विभाग सदस्य यसअघि प्रदेश सदस्य मात्र हुन पाइने निर्णय गरिएकोमा अहिले सो निर्णय परिवर्तन गरी बाहिरबाट पनि ल्याउन सकिने बनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।