काठमाडाैं २१ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढेको भन्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पालिकाभित्र आँखा पाक्ने रोग बढ्दै गएको र विद्यालय उमेरका बालबालिका प्रभावित भएकाले साउन २१ ,२२ र २३ गते तीन दिन पालिका भित्रका सामुदायिक, निजी र धार्मिक लगायत सबै शैक्षिक संस्था बन्द गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित सूचनामा प्रकोप रोक्नका लागि आँखाको सरसफाइ, चस्माको प्रयोग र भीडभाडमा नजान आग्रह गरिएको छ ।