काठमाडौं २२ साउन । नेकपा माओवादी केन्द्रले सबै पार्टी कमिटी निर्वाचन प्रणालीबाट चुन्ने निर्णय गरेको छ । काठमाडौं भएको केन्द्रीय समितिको बैठकले पार्टी तथा जनसंगठनका सबै तहका कमिटीहरु निर्वाचनबाट बनाउने र नेतृत्व पनि निर्वाचनबाटै चयन गर्ने निर्णय भएको हो ।

यसअघि माओवादीले सर्वसम्मतको नाममा चयन गर्दै आएको थियो । तर, केन्द्रीय सदस्यहरुले निर्वाचनको माग गरेपछि बैठकले पार्टी तथा जनसंगठनका सबै तहका कमिटीहरु निर्वाचनबाट बनाउने निर्णय गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।