काठमाडौंको बसपार्क, ढुंगेधारा, सामाखुसी क्षेत्र डुबानमा

काठमाडौं २३ साउन । काठमाडाैं उपत्यकालगायत देशका विभिन्न ठाउँमा साेमबारदेखि आएको वर्षाका कारण काठमाडौंका बसपार्क, ढुंगेधारा, सामाखुसी क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो । विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ ।

वर्षाले सामाखुसी क्षेत्रमा पनि डुबान भएको छ । निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । काठमाडौंको ढुंगेधारा क्षेत्र पनि डुबानमा परेको छ । अविरल वर्षा भएपछि विभिन्न क्षेत्रमा पनि डुबान भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।