Tuesday, October 13, 2026
15.3 C
Kathmandu
Home समाचार २८ तोला सुन बोकेर हिड्दै गर्दा पक्राउ परिन् यी महिला

२८ तोला सुन बोकेर हिड्दै गर्दा पक्राउ परिन् यी महिला

काठमाडाैं २५ साउन । पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छन्। बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ छन्।उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन्। उनले सुन ल्याएर आएको विशेष सूचना प्रहरीले पाएको थियो।

बसबाट ओर्लिएपछि प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा टोली खटिएको थियो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्। २८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ। उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।