काठमाडौं । सुनको भाउ लगातार ५ दिन घटेको छ । यो ५ दिनमा सुनको भाउ १४ सय रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः १०० र ३००, १०० र ७०० रुपैयाँले घटेको थियो । त्यसैगरी आज २०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ७५० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१३.४७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२।६९ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरुले जानकारी दिएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।