काठमाडौं २६ साउन । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुमेरु सिटी अस्पतालमा कार्यरत एक जना डाक्टरलाई पनि पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको हो । पूराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।
Comments