काठमाडौं २७ साउन । दाङको तुलसीपुर नगरपालिकामा इन्धनको नाममा पत्रकार र पत्रकारितासँग क्षेत्रसँग सम्बन्धित व्यक्ति संघ संस्थाले १ हजार २१ लिटर इन्धनमा रजाई गरेको पाइएको छ ।

नगरपालिकाबाट यसरी इन्धन लिनेमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलदेखि प्रेस चौतारी, प्रेस सेन्टर लगायतका व्यक्ति तथा संघ संस्था रहेका छन् ।

नेपाल पत्रकार महासंघ दाङले विवरण माग गरेपछि नगरपालिकाले उपलब्ध गराएको थियो । जसमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले २५ लिटर इन्धन बुझेको पाइएको छ ।

यस्तै, प्रेस चौतारी नेपाल दाङले १०० लि. र प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले १०० लि. इन्धन लिएका छन् । प्रेस सेन्टर नेपालले समेत ५० लि. इन्धन लिएका छन् । हेर्नुहोस् इन्धन लिनेको विवरण


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।