काठमाडौं । ब्रोइलर कुखुराको मूल्य घटेको छ । दशैं लगत्तै व्यापारीहरुले ब्रोइलर कुखुराको बिक्री मूल्य घटाएका हसन् । कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको हो ।

संघका अध्यक्ष जंगबहादुर बिसीले १२ गतेयताको ९ दिनमा ५० रुपैयाँले प्रतिकिलो मूल्य घटेको बताएका छन् । बजारमा उत्पादन धेरै र खपत कम भएपछि मूल्य घटेको उनले बताए ।

संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो । त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्‍यो । १६ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो । यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ । सो मूल्य २१ कात्तिकको बिहानदेखि लागू हुने छ ।

जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमै ५० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य पनि घट्ने अध्यक्ष बिसीले बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।