काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार गरेका हुन् ।
बर्तौला अखिल नेपाल खेलकुद महसंघको उपाध्यक्ष हुन् । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
रड प्रहार गरेर आक्रमणकारी भागेका छन् । बुधवार साँझ भएको घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।