काठमाडौं । प्यालेस्टानी अतिवादी समूह हमासले आज १४ जनालाई रिहाई गर्ने भएको छ । उक्त १४ जना को को हुन् भन्ने अहिलेसम्म बाहिर सार्वजनिक गरिएको छैन ।
अलजजिराका अनुसार रिहा हुने १४ जनाको नामावली इजिष्टको सुरक्षा निकायसम्म पुगिसकेको छ । इजरायलले पनि आज रिहा हुने १४ जनाका लिष्ट प्राप्त गरेको जनाएको छ । नेपाली विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको जनाइएको छ । आज रिहा हुनेमा उनी रहे नरहेको पुष्टि भएको छैन ।
Comments







