काठमाडौं । मोहम्मद नाज्जल प्यालेस्टाइनी एक किशोर हुन् । उनी इजरायलको जेलबाट रिहा भए । रिहापछि अलजजीराले अन्तर्वार्ता लिँदा नाज्जलले एक हप्ता अघि जेलमा इजरायली गार्डहरूले कुटपिट गरेपछि आफ्नो हात र औंला भाँचिएको बताए । त्यसबेला आफूलाई कुनै उपचार नदिएको र रिहा भएपछि रेडक्रसले लगाएको स्लिङ मात्रै भएको उनले दाबी गरे ।

‘उनीहरूले मलाई केही दिएनन्’ उनले इजरायलीहरूलाई संकेत गर्दै भने। ‘मेरो हात भाँच्यो, म मेरो औंला सार्न सक्दिन।’

‘कैदीहरूको अवस्था नराम्रो छ’ नाज्जलले थपे ‘आफूलाई नेगेभ मरुभूमिमा राखिएको जेल प्यालेस्टिनी कैदीहरूसँग दुर्व्यवहारको लागि विशेष गरी कुख्यात थियो। ‘वृद्धहरूलाई भुइँमा लडाइन्छ, त्यहाँमाथि तिनीहरु हिड्छन्, म जवान छु, मैले त्यो सहन सके, तर तिनीहरूको अवस्था के होला ?’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।