काठमाडौं १५ मंसिर । हमास र इजराइयलबीच अस्थायी युद्धबिराम सकिए लगत्तै गाजामा पुनः युद्ध सुरु भएको छ । युद्धबिरामपछि सुरु भएको युद्धपछि त्यहाँ दर्जन बढी प्यालेस्टायनीहरुको निधन भएको अलजजिराले उल्लेख गरेको छ ।

नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको अनुमान गरिएको थियो । इजरायल र अन्य देशका नागरिक रिहा हुँदा विपिन पनि रिहा हुने अनुमान गरिए पनि उनी रिहा नहुँदै फेरि युद्ध सुरु भएको हो । विपिन हमासको नियन्त्रणमा रहेको अनुमान गरिए पनि यसको पुष्टि भने हुन सकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।