आफ्नै जिल्लामा चिसोबाट भूकम्प पीडित डेढ दर्जनको मृत्यु तर गुमनाम मन्त्री बस्नेत

काठमाडौं । ‘शुक्रबार मध्यराति ११ः४७ बजेको समयमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भुकम्पबाट जाजरकोट, रुकुमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको खबरहरुले मर्माहत बनाएको छ।’ भूकम्पपछि उर्जामन्त्री तथा माओवादी नेता शक्ति बस्नेतले फेसबुकमा लेखें ।

उक्त भूकम्पबाट ठूलो जनधनको क्षति भयो । धेरैलाई लागेको हुनसक्छ जाजरकोटकै शक्ति बस्नेत मन्त्री छन्- जिल्लाका भूकम्प पीडितका लागि उनले विशेष पहल कदमी गरेका होलान् । तर जाजकोटको पीडा तपाई हामी धेरैलाई लागेको भन्दा ठिक उल्टो छ ।

भूकम्पपछि राहत सामग्री अभावका कारण सुत्केरी महिलासहित डेढ दर्जनले ज्यान गुमाउन बाध्य छन् जाजरकोटबासी ।

भूकम्पपछि चिसोका कारण मात्र १५ जनाको निधन भईसकेको छ । ठूलो भूकम्पपछि मन्त्री भएको व्यक्तिले भूकम्प पीडितका लागि जे पहलकदमी गर्नुपर्ने थियो त्यो नभएको भन्दै अहिले मन्त्री बस्नेतको खोजी समेत हुन थालेको छ । कतिपयले भूकम्प पीडित जिल्लाबासीको चिसोबाट मृत्यु भइरहँदा मन्त्री भने गुमनाम भन्दै आलोचना समेत गरेको पाइएको छ ।

हुन पनि माओवादीबाट धेरै पटक मन्त्री बन्नेमा शक्ति बस्नेतको नाम पनि एक हो । तर, उनले भूकम्प पीडितका लागि के गरे त भनेर अहिले आलोचना हुने गरेको छ । भूकम्पपछि उनी चार दिन जाजरकोटमा बसेर राजधानी फर्किएको पाइएको छ । पीडितहरुका लागि उनले खास पहलकदमी भने नगरेको आरोप छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।