काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।