काठमाडौं २३ असार

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रका प्रतिपरिवारलाई २५ हजार दिने घोषणा गरेका छन् ।
सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको प्रधानमन्त्री देउवाले यस्तो घोषणा गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीले सप्तरीको माहुली खोलाको बाढी प्रभावित जनतासँग भेटघाट गर्नुका साथै राहतको समेत घोषणा गरेको हो ।

गृहमन्त्री जनार्दन शर्मालाई लिएर हेलिकोप्टरमार्फत सप्तरीको बाढी प्रभावित गाउँमा पुगेका देउवाले भेडिया र मयनाकरेडीका जनतालाई तत्काल बासको व्यवस्था गर्नका लागि प्रतिपरिवार २५ हजार राहत दिने घोषणा गरे ।

टोलीले बाढीले भत्काएको तिरहुत गाउँपालिकाको महोली खोलाको लोहजारा बाँधको पनि अवलोकन गरेको छ।

अवलोकनमा आएका प्रधानमन्त्री र गृहमन्त्रीलाई स्थानीय बाढी पीडितले बाढीलाई दीर्घकालीन रुपमा नियन्त्रण गर्ने योजना ल्याउनका लागि अनुरोध गरेका छन्। उनीहरुले आफूहरुको वर्षाभरीको कमाइ दुई महनिामा बढीले उढाइदिने गरेको भन्दै बाढी नियन्त्रणका लागि गम्भीर बन्न अनुरोध गरे।

स्थानीयको अनुरोधपछि प्रधानमन्त्री देउवाले सरकार बाढी पीडितहरुको साथमा रहेको भन्दै सक्दो प्रयास गर्ने आश्वासन दिए।

गृहमन्त्री शर्माले बाढी नियन्त्रणका लागि सुरक्षाकर्मीले निभाएको भूमिकाको उच्च प्रशंसा गरेका छन्। उनले सुरक्षाकर्मी प्रत्यक्ष रुपमा जनतासँग जोडिएको हुनाले जनताको सुखदुःखमा साथ दिनु पर्ने बताए।

गृहमन्त्री शर्माले सरकार जनताको साथमा रहेको भन्दै सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले स्थानीय प्रशासनलाई बाढी पीडितका लागि खाना र बस्नको व्यवस्था गर्न समेत निर्देशन दिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।