काठमाडौं । कुनै बेला माधव नेपाललाई हराएर विजयी बनेपछि चर्चामा आएका नेकपा माओवादीका नेता झक्कु सुवेदी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुवेदी र नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।
नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।
सुवेदीले २०६४ चैत २८ को पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा (एमाले) का तत्कालीन महासचिव समेत रहेका माधव नेपाललाई हराएका थिए ।
काठमाडौं २ मा खसेको ३७ हजार ७२७ मतमा सुवेदीले १३ हजार ८५८ मत ल्याएका थिए । माधव नेपाल १२ हजार ३२५ मतमा रोकिएका थिए । दुईजनाको अन्तर १ हजार ५३३ थियो ।२०७४ मा भने काठमाडौं ६ मा उठेका सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले हराका थिए ।