काठमाडौँ — उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलंकीस्थित नेपाल नेसनल अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा बिहान १० बजेतिर उनको निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।