काठमाडौँ — दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ ।
दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । समूह चरणका खेलमा नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै अफगानिस्तानलाई जित्दै सुपर सिक्समा पुगेको हो ।
Comments