भक्तपुर २२ असार । लम्कीचुवा नगरपालिका ८ भलभंगा कैलालीका २० बर्षीय खड्गप्रसाद देवकोटा एक साप्ताहिक पत्रिकामा कार्यरत थिए ।
स्थानिय तह निर्वाचन सुरक्षाका लागि चैन २५ गते म्यादी प्रहरीमा भर्ना भएका उनी बुधबार बाहिरिए । ९० दिन म्यादी प्रहरीको जिवन जिएँ उनले भने -‘फौजी जिवन
अनुशासन चेन अफ कमानडले तान्यो तर, बाध्यता जानैपर्यो’, उनले भने -फौजी पेसा मन पाराउने खडगप्रसादले म्यादी प्रहरी हुनुअघि नैप्रहरीको असई पदमा जागिर खाने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् ।
स्थानीय तह निर्वाचन सुरक्षाका लागि चैत २५ मा भर्तीगरिएका म्यादी प्रहरीलाई सरकारले बुधबार प्रमाणा पत्रसहित विदाई गर्यो ।
२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी राख्ने विषमा केही निर्णय भएन, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।