काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ जना रिहा भएका छन् ।
किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको आज रिहा गरेको हो । काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान नसकिए छाड्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् ।
सिआईबीले उनीहरुलाई रिहा गरिए पनि अनुसन्धान जारी रहने बताएको छ ।
अदालतले सोमबार बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको थियो ।तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो ।
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।