काठमाडौं । पछिल्लो समय बजारमा आइफोनको मूल्य घटेको छ। विश्व बजारमै एप्पलले आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो।

नयाँ मूल्य सूचीअनुसार गत सेप्टेम्बरमा सार्वजनिक आइफोन १५ को विभिन्न मोडलको मूल्य पनि घटाइएको छ। यसभन्दा अघि १२८ जिबी क्षमता भएको आइफोन १५ को मूल्य एक लाख ४५ हजार तीन सय ९० रूपैयाँ पर्नेमा नयाँ मूल्य एक लाख ३५ हजार दुई सय रूपैयाँ तोकिएको छ।

१ टिबी क्षमताको आइफोन १५ प्रो म्याक्सको नयाँ मूल्य दुई लाख ८९ हजार नौ सय रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यसको मूल्य दुई लाख ९६ हजार नौ सय ९९० रूपैयाँ थियो। कम्पनीले आइफोन ११, आइफोन १२, आइफोन १३ र आइफोन १४ को मूल्य पनि घटाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।