काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने कसैले पनि रोक्न नसक्ने बताएका छन् । उनले जनयुद्ध दिवस मनाउने आफूहरुको नैसर्गिक अधिकार भएको बताउँदै देशभरि जनयुद्ध दिवस मनाउने बताए ।

भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेपछि अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गरेको उल्लेख गर्दै उनले अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान गर्ने तर जनयुद्ध दिवस मनाउने आफूहरुको नैसर्गिक अधिकारलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।